
मिटर नराखी हुकिङ लगाएर बत्ती बाल्नुका साथै विद्युतीय उपकरण सञ्चालन गर्नेहरुलाई पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मध्यरातीदेखि सोमबार बिहानपखसम्म ईश्वरपुर नगरपालिकाको सखुवनी, क्याम्पस चौक, पोखरी टोल, रामपुर लगायतको स्थानबाट विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई अहिले ईलाका प्रहरी कार्यालय केशरगञ्जमा राखिएको छ ।
उनीहरुलाई जरिवाना तिराएरमात्रै छाडिने प्राधिकरणका प्राविधिक श्रेष्ठले बताए ।
विद्युत चोरी गर्नेहरु फेरि सक्रिय हुन थालेपछि प्राधिकरणले हुकिङ हटाउने र चोरीमा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
विद्युत चुहावट धेरै भएकाले अरु जिल्लाको तुलनामा सर्लाहीमा बढी लोडसेडिङ हुने गरेको छ भने लोड थेग्न नसकेर छिनछिनै विद्युत आउने जाने समस्या देखिने गरेको प्राविधिकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्