
यही कात्तिक १७ गते राति घरबाट हराएका युवक यादवको खोजतलाश गर्दै जाँदा आइतबार राती १० बजे बलवा नगरपालिका– ११ स्थित अंकुशी खोलाको नहरको छेउमा रहेको सोगारथ महतोको धानखेतमा हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको प्रहरी नायब उपरीक्षक बालकृष्ण पोखरेलले बताए ।
युवकको अनुहारको विभिन्न भाग र नाकबाट रगत बगेको तथा शरीर भरी निल डामका साथै घाँटी थिची मारिएको अवस्थामा शव फेला परेको उनले जानकारी दिए ।
मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको, हत्यामा संलग्न रहेको आशंकमा दुई जनालाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । रासस
प्रतिक्रिया दिनुहोस्