Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


निर्वाचन सामग्री धमाधम ढुवानी


0
Shares

निर्वाचनका लागि आवश्यक मतदान गर्ने गोप्य बाकस, सिल, स्टेसनरीलगायतका सामग्री सम्बन्धित स्थानमा पुर्‍याउन थालिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोग परिसरमा रहेको निर्वाचन सामग्री ‘लोड’ तथा ‘प्याकिङ’ गर्ने काम धमाधम भइरहेको छ ।

मंसिर १० मा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी बन्दोबस्तको सामग्री पठाउने र कर्मचारी खटाउने काम भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

यातायात पुग्न असहज हुने कतिपय हिमाली जिल्लामा हेलिकोप्टरमार्फत् निर्वाचनका सामग्री पठाउन थालिएको ढकालले जानकारी दिए ।