Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


कांग्रेसले सत्ताको दुरुपयोग गर्दै भ्रष्टचारलाई संस्थागत गरेको आरोप


0
Shares

सोमबार प्रेस चौतारी र प्रेस सेन्टर कपिलवस्तुले संयुक्तरुपमा तौलिहवामा आयोजना गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता एवं कपिलवस्तु प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार चक्रपाणि खनालले नेपाल कांग्रेसले सत्ताको दुरुपयोग गर्दै वर्षाैंदेखि भ्रष्टचारलाई संस्थागत गरेको आरोप लगाए ।

कपिलवस्तुको विकास र उन्नतिका लागि ३३ ओटा मुद्दाको सम्बोधन हुनुपर्ने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा कपिलवस्तु क्षेत्र नम्बर–२ बाट उमेदवारी दिएका वृजेशकुमार गुप्ता, क्षेत्र नम्बर–३ का उमेदवार नेता ईश्वरदयाल मिश्रालगायतले पनि बोलेका थिए ।