
सोमबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्दा राष्ट्रपति देशको नभएर कुनै पार्टी विशेषको हो कि भन्ने प्रश्न खडा भएको आरोप लगाए ।
संविधानबमोजिम राष्ट्रपतिले सो अध्यादेश प्रमाणीकरण गर्न एक मिनेट पनि ढिलाइ गर्न नहुने डा. केसीको भनाइ थियो ।
उक्त अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सात दिनको समय दिने भन्दै डा. केसीले त्यसो नभए फेरि अनशन बस्ने चेतवानी दिए ।
यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को पछिल्लो प्रवेश परीक्षामा भएको चिट चोरीलाई निहुँ बनाएर त्रिविका पदाधिकारीहरु शैक्षिक माफियाहरुलाई आइओएमा फर्काउने चलखेलमा लागेको उनको भनाइ थियो ।
उनले राजनीतिकरणले नेपालको चिकित्सा शिक्षा र मेडिकल क्षेत्र कुरुप बनाएको भन्दै चिकित्सा क्षेत्रका ‘माफिया’विरुद्ध निरन्तर लडिरहने बताए ।
प्रतिक्रिया दिनुहोस्