Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सातदिने ‘अल्टिमेटम’


0
Shares

Dr gobinda kc medical association unhuman activities police

सोमबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गर्दा राष्ट्रपति देशको नभएर कुनै पार्टी विशेषको हो कि भन्ने प्रश्न खडा भएको आरोप लगाए ।

संविधानबमोजिम राष्ट्रपतिले सो अध्यादेश प्रमाणीकरण गर्न एक मिनेट पनि ढिलाइ गर्न नहुने डा. केसीको भनाइ थियो ।

उक्त अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सात दिनको समय दिने भन्दै डा. केसीले त्यसो नभए फेरि अनशन बस्ने चेतवानी दिए ।

यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को पछिल्लो प्रवेश परीक्षामा भएको चिट चोरीलाई निहुँ बनाएर त्रिविका पदाधिकारीहरु शैक्षिक माफियाहरुलाई आइओएमा फर्काउने चलखेलमा लागेको उनको भनाइ थियो ।

उनले राजनीतिकरणले नेपालको चिकित्सा शिक्षा र मेडिकल क्षेत्र कुरुप बनाएको भन्दै चिकित्सा क्षेत्रका ‘माफिया’विरुद्ध निरन्तर लडिरहने बताए ।