२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


युवतीलाई सामूहिक ‘बलात्कार’ गर्ने दुई युवकमाथि मुद्दा दायर


0
Shares

सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाका वडाध्यक्ष जुमाद्दीन अन्सारीका २२ वर्षीय छोरा मुखता मियाँ र उनका साथी अन्सारी मियामाथि प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेको हो ।

सोहि ठाउँ बस्ने एक युवतीलाई जबरजस्ती करणी गरेको आरोप उनीहरुमाथि लागेको छ ।

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेकी पीडित युवतीको बयानका अधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी सो मुद्दा दायर गरेको हो ।

सुरुमा प्रहरीले राजनीतिक दबाबका कारण ती युवकमाथि मुद्दा दायर गर्न नमानेपछि चारैतिर प्रहरीमाथि दबाब आएपछि सो मुद्दा दायर गरेको पीडित पक्षको भनाइ छ ।

सो घटनामा संलग्न अलिआलम रुस्तम र हरिशंकर दास तत्मा फरार रहेकोले प्रहरीले उनीहरुलाई खोजी गरिरहेका छन् । यही कात्तिक १२ गते उखुबारीमा घाँस काट्न गएका बेला मोटरसाइकलमा आएका ती युवकले युवतीलाई सामूहिक बलात्कार गरेको बताइएको छ । रासस