Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


‘तीनओटा मतपत्रको व्यवस्था भएपछि निर्वाचन निकै जटिल’


0
Shares

मतदान अधिकृत तथा मतगणना अधिकृतहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद संजेलले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन निकै जटिल भएकाले सबैलाई गम्भीर भएर काम गर्न आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै निर्वाचन आयोगका उपसचिव विशकसेन ढकालले तीनओटा मतपत्रको व्यवस्था भएपछि निर्वाचन निकै जटिल बनेको भन्दै दुईओटा मतपत्रबाट तीनओटामा जानुपर्दा मतदाता सामग्री नस्ट गर्नुपरेकाले अहिले मतदाता शिक्षा कार्यक्रम गर्न ढिलाइ भएको बताए ।

दुईदिने तालिममा २ नम्बर प्रदेशका सप्तरीसहित १ नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर र उदयपुर गरी १२ ओटा जिल्लाका ६१ जना निर्वाचन अधिकृतहरुको सहभागिता रहेको छ ।