
गौर अस्पतालको स्तरोन्नतिसम्बन्धी कामको बिल भुक्तानीकाक्रममा ठेकदारबाट एक लाख रुपैयाँ घुस लिँदैगर्दा इमरजेन्सी शाखाका हेल्थ असिस्टेन्ट इन्चार्जसमेत रहेका झालाई अख्तियार टोलीले रंगेहात पक्राउ गरेको हो ।
कोरियाली सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गौर अस्पतालको स्तरोन्नतिको काम जिम्मा लिएका रामप्रताप यादवबाट झाले आफ्नै कार्यकक्षमा घुस लिँदैगर्दा प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाको टोलीले उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्