Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


चुनावी घोषणापत्र धमाधम, के भन्छन् मतदाता ? (भिडियो)


0
Shares

तर, आममतदाताले भने त्यसको कार्यान्वयन हुनेमा अझै विश्वास गर्न सकेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनका साथै नयाँ शक्ति पार्टी नेपाल, राप्रपा, विवेकशील साझा पार्टीलगायत थुप्रै राजनीतिक दलहरुले आ–आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै विकासलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

यो निर्वाचनसँगै राजनीतिक अस्थिरता समाप्त हुने, मुलुकले स्थिर सरकार पाउने र समृद्धिको ढोका खुल्ने उनीहरुको दाबी छ ।

तर, मतदाताहरु भने राजनीतिक दलको चुनावी घोषणाको कार्यान्वयन हुनेमा विश्वस्त हुन सकेका छैनन् ।

तैपनि उनीहरु आशावादी भने देखिन्छन् । उनीहरु फेरि एकपटक मौका दिन तयार रहेको त पाइन्छ तर मतको सदुपयोग गर्न र अहिलेसम्मको धैर्यता नैराश्यतामा परिणत नगर्न पनि दल र उम्मेदवारले ध्यान दिनुपर्ने धारणा राख्दछन् ।

भिडियो हेर्नुहोस्