२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


माओवादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोलसहित गोली बरामद


0
Shares

गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नम्बरको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्ने क्रममा प्रहरीले मंगलबार ९–एमएम पेस्तोल र तीनथान गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।

मोटरसाइकल चालक भीमसेन–४ का गुणप्रसाद खनाल फरार छन् । उनले बोकेको झोला खानतलासी गर्दा प्रहरीले सो हतियार र गोली बरामद गरेको हो । झोला छाडेर खनाल भागेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार सुशीला  सिम्खडाले आफूले खनालसँग मोटरसाइकलमा ‘लिफ्ट’मात्रै मागेको हुँदा हतियारको विषयमा आफूलाई केही जानकारी नभएको बताएको प्रहरीले जनाएको छ । रासस