एमाले महासचिव ईश्वर पोखरेल उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा मंगलबार वाम गठबन्धनको निर्वाचन परिचालन समिति गठनका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले स्पस्ट बहुमत ल्याएर मुुलुकलाई प्रगतिको नयाँ युगमा प्रवेश गराउने बताए ।
कार्यक्रममा एमाले महासचिव एवं त्यस क्षेत्रका उम्मेदवार पोखरेलले ‘५ नम्बर क्षेत्रमा आफूले जितेपनि हारेपनि यस क्षेत्रका जनतासँगै जिउँदाको जन्ती मर्दाको मलामी भएर रहिरहने’ बताए ।
उनले सो क्षेत्रमा पानीको संकलन र वितरण सहज ढंगले गर्नुका साथै ज्येष्ठ नागरिकको वृद्धभत्ता महिनाको पाँच हजार रुपैयाँसम्म पुर्याउने लक्ष्य पनि प्रस्तुत् गरे ।
कार्यक्रममा सो क्षेत्रका प्रदेशसभाका उम्मेदवारहरु नारायण सिलवाल र दीपक निरौलाले पनि आ–आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सूर्य थापाको संयोजकत्वमा ९०५ सदस्यीय निर्वाचन परिचालन समितिको घोषणा गर्नुका साथै विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत् गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्