मंगलबार धनुषामा सन्चारकर्मीसँग कुराकानी गर्दै उनले मधेसीको मत लिएर मधेसीकै अधिकार खोस्ने नेतामाथि प्रहार गर्नका लागि आफू यस क्षेत्रबाट चुनाव लडेको स्पस्ट पारे ।
नेता महतोले भने–‘मधेसको भोट लिएर मधेसीलाई नै समाप्त गर्ने नेताहरुले विगतमा यही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए, यसपटक त्यसलाई तोड्नका लागि म उम्मेदवार बनेको हुँ ।’
यसपटक मधेसी जनताले मधेसको स्वाभिमान, समान र हक–अधिकार स्थापनाका लागि आन्दोलन गर्ने राजपाको पक्षमा मतदान गर्ने बताउँदै उनले ‘लोकतान्त्रिक गठबन्धन बन्न नसक्नुमा कांग्रेसी नेताको दोष छ’–भने । रासस









प्रतिक्रिया दिनुहोस्