प्रेस सेन्टर र प्रेस चौतारीले आज दाङमा गरेको पत्रकार सम्मेलनमा महासचिव महराले समाजवादको यात्रा पूरा गर्न वामपन्थी दलहरुबीच एकीकरण आवश्यक रहेको बताएका हुन् ।
उनले आसन्न निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने र त्यसले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रलले नेपालमा बलियो कम्युनिस्ट पार्टी बनाउने दिशामा आफूहरु अघि बढेकाले यसलाई साकार पार्न पनि आगामी निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए । चुनावपछि मुलुकमा समृद्धिको अभियान थालिने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्