२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


‘झुम्की’का निर्देशकले ‘कागज पत्र’ बनाउने, छानिए कलाकार


0
Shares

‘झुम्की’ चलचित्र निर्देशक अपिल विष्टको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजाप्रति सिवाकोटीको लगानी रहेको छ ।

सामाजिक प्रेमकथामा बन्न लागेको चलचित्रमा भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन, सिल्पा मास्के, आर्जेश रेग्मी लगायतका कलाकारको अभिनय रहने छ ।

विशारद बस्नेत कार्यकारी निर्माता रहेको चलचित्र २३ गतेबाट फ्लोअरमा जाने तयारीमा रहेको छ ।

वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिब्युसन प्रालिको प्रस्तुति रहने चलचित्र करोड बढी लगानीमा बन्ने छ ।

चलचित्र दाङ, तुलसीपुरको साथै काठमाडौं आसपासको क्षेत्रमा छायाङ्कन हुने निर्माण पक्षले बताए ।