४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024


नेप्से १७ अंकले झरेर ११ सय ८७ मा


0
Shares

काठमाडौं, पुस १६ । सोमबार पनि सेयरबजारमा दोहोरो अंकको गिरावट आयो । नेप्से पुनः १२ सय तल आइपुग्यो ।

नेप्से १७ अंकले झरेर ११ सय ८७ मा आएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्सेमा उच्च गिरावट आएको हो ।

उत्पादनमूलक, जलविद्युत् र वित्त समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागेका हुन् ।

निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च १६० अंकको गिरावट आयो । जीवनबिमा समूह १५३ अंकले ओरालो लाग्यो । लघुवित्त समूह २३ अंकले झर्‍यो । होटल, वाणिज्य बैंक, विकास बैंक र अन्य समूह पनि दोहोरो अंकले घटे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका ११ लाख ८० हजार कित्ता सेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।