
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार लागुऔषध नियन्त्रण ब्यूरोले ४२ वर्षीय ओलेक्सी लोलेन्कोलाई पक्रेको जनाइएको छ ।
जेट एअरवेजको उडानबाट भारतको मुम्बई हुँदै युक्रेन जान लागेका ओलेक्सीको सुटकेश चेकजाँच गर्दा अवैध चरेस बरामद भएको ब्यूरोले जनाएको छ ।
सुटकेशभित्र स्पोर्टस् जुत्ता र डाबर च्यावनप्रासको बट्टामा चरेस लुकाइराखेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्