
बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका भद्रपुर नगरपालिका–५ निवासी २० वर्षीय रोशन माझी गत शुक्रबार साँझ अस्पतालको शौचालयबाट फरार भएका थिए ।
उनलाई बुधबार नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।
पेट दुखेर अस्पातल पुर्याइएका उनी आकस्मिक कक्षभित्र रहेको शौचालयको भेन्टिलेटरबाट भागेका थिए ।
कात्तिक ४ गते छिमेकी ६ वर्षीया बालिकालाई ज्यान मार्ने धम्की दिँदै करणी गरेको आरोपमा माझी पक्राउ परेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्