२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


प्रेमिकाको हत्या गर्ने रानालाई जन्मकैदको सजाय


0
Shares

अदालतले मल्लका बुवासहित अन्य पाँच जनालाई तीन/तीन वर्षको कैद सजाय सुनाएको छ । विसं २०७३ जेठ १८ गते राति घरमा हराएकी २४ वर्षीया रामदुलारी राना पाँच दिनपछि चम्फापुरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

रामदुलारीका ससुरा पदम रानाले प्रकाश मल्लसहित इन्द्रबहादुर मल्ल, डम्मरा मल्ल, रत्ना मल्ल, लक्ष्मी मल्ल र मीना मल्लको नाममा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले राना परिवारका उजुरी दर्ता गर्न नमानेपछि अधिकारकर्मी प्रधानमन्त्रीसम्म पुगेका थिए । अधिकारकर्मी शारदा चन्दको पहलमा राना परिवारले काठमाडौंको लाहुरी संस्थाबाट कानुनी सहयोग पाएका थिए ।

जिल्ला अदालतको थुनछेक बहसमा रानाकी प्रेमी प्रकाशलाई पुर्पक्षका लागि कारागार र अन्यलाई जनही रु ५० हजार घरौटीमा छाडिएको थियो ।

अधिकारकर्मी चन्दले अदालतको फैसलाबाट न्यायको अनुभूति पाएको प्रतिक्रिया दिइन् । चम्फापुर घर भएका पदम रानाका बुहारी राम दुलारी रानालाई नजिकै घर भएका युवा प्रकाश मल्लका परिवारले राति कुटपिट गरी फरार भएपछि खोज तलासका लागि अस्थायी प्रहरी चौकी दैजीमा उजुरी दिँदासमेत प्रहरीले सहयोग नगरेको भन्दै स्थानीयले प्रहरीमाथि खनिएका थिए ।

श्रीमान् वैदेशिक रोजगारमा भएका बेला मृतक राना र छिमेकी प्रकाश मल्लबीच लामो समयसम्म सम्बन्ध रहेको बताइएको छ । रासस