यद्यपी, वाम र लोकतान्त्रिक शक्तिबीच मूख्य भिडन्त हुने यहाँ थपिएका नयाँ मतदाता निर्णायक देखिएका छन् ।
प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति केशवप्रसाद दाहाल र एमालेका केन्द्रीय सचिब योगेश भट्टराईबीच कडा भीडन्त हुँदैछ ।
७८ हजार ३ सय ९७ मतदाता रहेको ताप्लेजुङमा गएको स्थानीय तहको चुनावपछि सात हजार ६ सय १८ जना मतदाता थपिएका छन् ।
२०७० सालको संबिधान सभा निर्वाचन भन्दा १९ हजार ५ सय ८८ मतदाता थपिएका छन् ।
ताप्लेजुङमा प्रतिनिधिसभामा एमाले-माओवादी गठबन्धनसँगै नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्रवादी (राष्ट्रवादी), राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति पार्टी र मंगोल नेस्नल अर्गनाइजेसनका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
सबै पार्टी र उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहेका छन् ।
सबैले आफ्नो जित सुनिश्चितताको उद्धघोष गरिरहँदा मतदाता र जिल्लाको राजनीतिलाई नियालिरहेकाहरुको विष्लेषण भने अलिक फरक रहेको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा एमालेका केन्द्रिय सचिव नै जिल्लाको चुनावी मैदानमा रहेकाले प्रतिनिधि सभामा बाम गठबन्धन र प्रदेशसभामा मिश्रित परिणाम आउने तर्क गर्छन ।
चार वर्षमा थपिएका २० हजार मतदाता नै अवको निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ ।
२०७० सालको संबिधान सभाको निर्वाचनमा क्षेत्र नं १ मा ३२ हजार ९ सय ५० मतदाता रहेको यहाँको क्षेत्र नं २ मा २५ हजार ८ सय ५९ मतदाता थिए ।
अहिले यि क्षेत्रको मतदाता संख्या क्रमश ४३ हजार ५ सय ३६ र ३४ हजार ८ सय ६१ पुगेको छ । २०७० मा संसदीय क्षेत्र रहेका २ स्थान अहिले प्रदेश सभाका लागि संसदीय क्षेत्र कायम भएका छन् ।
यसरी हेर्दा क्षेत्र नं १ मा २०७० साल भन्दा अहिलेको निर्वाचनका लागि १० हजार ५ सय ८६ जना तथा क्षेत्र नं २ मा ९ हजार २ जना मतदाता थपिएका छन् ।
प्रदेश सभाको क्षेत्र नं १ मा एमाले-माओवादी केन्द्रको गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र कांग्रेसबाट जिल्ला सभापति लिलादेवी बोखिमसहित सात जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
क्षेत्र नं २ मा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका सचिवालय सदस्य पूर्व आन्तरिक बिधायक टंक आङबुहाङ् र नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला विकास समितिका पूर्व सभापति दीपेन्द्र सेन्दाङ सहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । ७३ मतदान स्थल रहेको ताप्लेजुङमा १ सय १४ मतदान केन्द्र रहेको छ ।





प्रतिक्रिया दिनुहोस्