७ असार २०८२, शनिबार | Sat Jun 21 2025


दोलखामा मतदाता शिक्षा कार्यक्रम सुरु


0
Shares

निर्वाचनमा मत बदर नहोस् र सबैले सही ढंगले मत हालून् भन्नका लागि जिल्ला निर्वाचन कार्यालय चरिकोटले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो ।

२ नगरपालिका र ७ गाउँपालिकाका वडामा कार्यरत् सामाजिक परिचालक, बालकक्षाका शिक्षक र स्वास्थ्य स्वयंसेविका गरी १९० जनालाई शुक्रबार मतदाता शिक्षा दिइएको जिल्ला निर्वाचन अधिकारी अच्युतराज उप्रेतीले जानकारी दिए ।

जिल्लामा स्थानीय तहको निर्वाचनमा करिब १३ प्रतिशत मत बदर भएकाले यसपटक मत बदर हुन नदिन पनि मतदाता शिक्षा कार्यक्रम गरिएको निर्वाचन कार्यालयको भनाइ छ ।