
जिल्लाका सबै स्थानका स्थानीय सामाजिक परिचालक र बाल शिक्षिकालाई मतदाता शिक्षक स्वयंसेवककारुपमा परिचालन गर्न प्रशिक्षण दिइएको हो ।
उनीहरुलाई निर्वाचन आचारसंहिता, मतदानस्थल र मतदान केन्द्रकाबारेमा जानकारी र भोट हाल्ने तरिका सिकाएर प्रत्येक मतदाताको घरमै पुगेर शिक्षा दिन लगाइने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
उनीहरुले निर्वाचनको सयममा आचारसंहिता निरीक्षण गर्ने स्थानीय प्रतिनिधिकारुपमासमेत काम गर्नेछन् ।
आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका एक लाख ५ हजार १८८ मतदाता सहभागी हुँदैछन् ।
प्रति ६८८ मतदातालाई एक स्वयंसेवक पर्नेगरी १५३ मतदाता शिक्षक स्वयंसेवक खटाइने निर्वाचन कार्यलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्