२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चितुवाको छालासहित एक जना पक्राउ


0
Shares

ब्युरोबाट खटिएको टोलीले शंखमूलबाट रामेछापका जीवन माझीलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो ।

माझीलाई चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी खरिद बिक्री गर्न भनी हिँडेको अवस्थामा पक्राउ गरिएको हो । माझीले अपराध प्रमाणित भएमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि १९७५ अनुसार रु २० हजार जरिवाना वा छ महिना कैद वा दुवै भोग्नुपर्ने प्रहरीले जनाएको छ । रासस