ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु • Image Khabar Image Khabar


ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु


Imagekhabar
१६ असार २०७५, शनिबार ०१:२४

ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

लहान, असार १६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकमा शनिबार बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सडकछेउमा रोकिएको ना१ख ७४०२ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२८प ४८३७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक रौतहटको देवाही–गोनाइ नगरपालिका–३ निवासी ३० वर्षीय राजकिशोर जैसवालको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जैसवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार सर्लाहीको घोराही नगरपालिका–६ निवासी २५ वर्षीय सरोजकुमार चौधरी गम्भीर घाइते भएको र उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत् कर्जन्हा नगरपालिकास्थित सडकमा शनिबारै बिहान दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । घाइतेको कर्जन्हा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्