Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


देउवा कम्युनिष्ट पार्टीप्रति आक्रामक, ओली र सीके राउत उस्तै : खाँण


0
Shares

नेपाली कांग्रेस ताप्लेजुङले शनिबार आयोजना गरेको चुनावीसभामा प्रधानमन्त्री देउवाले कम्युनिष्ट नेताहरुले भनेजस्तो शासन आएमा हालसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त सबै नागरिक हक र अधिकारसमेत गुम्ने बताए ।

वाम गठबन्धन हुनु कम्युनिष्ट शासन स्थापनाको प्रयास भएको भन्दै उनले यदि त्यस्तो भए यहाँ जनताको शासन अन्त्य हुने जिकिर गरे । त्यस्तो शासनमा ‘अन्याय भयो’ भन्नसमेत नपाइने उनको भनाइ थियो ।

सबैले भनेजस्तो र लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेसमात्र रहेको जिकिर गर्दै उनले कांग्रेस विजयी भए लोकतन्त्रको रक्षा हुने बचन दिए ।

कम्युनिष्ट पार्टीप्रति आक्रामकरुपमा प्रस्तुत् भएका प्रधानमन्त्री देउवाले लोकतन्त्रमामात्र जनता मालिक हुने भन्दै बोल्न–लेख्न पाउने र डर–त्रासको शासनबिनाको शासनमात्र कांग्रेसको लक्ष्य रहेको बताए ।

कार्यक्रममा देउवासँगै आएका कांग्रेस नेता बालकृष्ण खाँणले भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सीके राउत उस्तै भएको आरोप लगाए ।

‘एउटाले तराईमा विखन्डन ल्याइरहेको र अर्कोले देशमै विखन्डन ल्याइरहेको’ उनको आरोप खाँणको आरोप थियो ।

‘कम्युनिष्टहरु लोकतान्त्रिकविरोधी’ भएको आरोप पनि उनले लगाए ।

नेपाली सेनाको हेलिकोप्टरबाट ताप्लेजुङ आइपुगेका देउवाले ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्नुअघि पाथीभरा देवीको दर्शनसमेत गरेका थिए ।

ताप्लेजुङको सभापछि देउवासहितको टोली पाँचथरमा आयोजित कार्यक्रमतर्फ प्रस्थान गरेका थिए ।