Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


बम विस्फोट र सवारी–साधनमा आक्रमण गर्ने काम सरकारकै संरक्षणमा : दाहाल


0
Shares

शनिबार चितवनको भरतपुरमा आयोजित पेशागत कर्मचारी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

आसन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले चुनावी प्रचारमा खटिएका माओवादी नेताहरुलाई लक्षित गरी बम विस्फोट गराउने र सवारी–साधनमा आक्रमण गर्ने काम सरकारकै संरक्षणमा भइरहेको दाबी गरे ।

‘सरकारका मन्त्रीले नै हतियारसहित पक्राउ परेकालाई छाड्न निर्देशन दिनु र वक्तव्यबाजी गर्नु नै चुनावविरोधी गतिविधिमा आफैं लागेको’ स्पस्ट भएको उनले जिकिर गरे ।

शनिबारै दाहालले वामपन्थीको सरकारले सुकुम्वासीको समस्या दीर्घकालीनरुपमा समाधान गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको सुन्दरबस्ती, भीमसेननगरलगायतका ठाउँका सुकुम्वासीहरुलाई शिवनगरमा सम्बोधन गर्दै उनले सुकुम्वासी समस्याको समाधानका लागि वाम गठबन्धन सरकारको पहिलो मन्त्रिपरिषद बैठकबाट ठोस निर्णय गरिने दाबी गरे ।

त्यसका लागि आफू र वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो ।