२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विस्फोटक सामग्री बरामद


0
Shares

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुंगेबजारबाट शनिबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो ।

बम बनाउन प्रयोग गरिने सामग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ ।

निर्वाचनमा प्रभाव पार्नका लागि निर्वाचनविरोधी समूहले विस्फोटक सामग्री भारतबाट भित्र्याएको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘विशेष सुराकीको आधारमा ध१ज १०६ नम्बरको जिप जाँच गर्दा ६० थान डेटोनेटर, ५५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भयौं’–जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने–‘विस्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौं ।’ रासस