Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


लब्रेकुटीलाई लुम्बिनीजस्तै स्थल बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता


0
Shares

पाँचथरको सदरमुकाम फिदिममा १६औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको शनिबार १३३औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति देउवाले मुलकमा प्रजातन्त्र, लोकतन्त्रको नेतृत्वदायी भूमिका कांग्रेसले गरेको र अब लोकतन्त्रलाई बचाउनका निम्ति पनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरे ।

उनले लब्रेकुटीलाई धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलकारुपमा परिचित गराउन लुम्बिनीजस्तै स्थल बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कांग्रेस नेता बालकृष्ण खाँणले लोकतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेसमात्र भएको जिकिर गर्दै लोकतान्त्रिक गठबन्धन विजयी भए लोकतन्त्र बच्ने बताए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा पाँचथरबाट प्रतिनिधिसभाका उम्मेदवार भीष्मराज आङ्देम्बे, पार्टीका प्रदेशसभातर्फ पाँचथर ‘क’ क्षेत्रका उम्मेदवार नरेन्द्रकुमार केरुङ, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङलगायत पाटीका जिल्लास्तरका नेता–कार्यकर्ताले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे ।