
नेपालगन्ज, असार १६ । विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके, राप्तीसोनारी गाउँपालिका–६, मेहबानपुरका दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार शनिबार बिहान ३ बजे विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीनजना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर दुईओटा गाई, दुईओटा भैंसी र पाँचओटा बंगुर मरेका छन् भने करेन्टका कारण केही घरमा आगो लागेको बताइएको छ ।
प्रहरीले घटनाको छानबिन गरिरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्