सोलुखुम्बुको लुक्लामा आयोजित कार्यक्रममा उनले ऐतिहासिक आदिवासी शेर्पा समुदायको नेपाली कांग्रेसले सधैँ कदर गर्ने बताए । यस पटकको चुनावमा पनि अरु कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई टिकट नदिएको दावी गर्दै कांग्रेसले नै प्रदेश सभाको प्रत्यक्षतर्फ आङगेलु शेर्पालाई उम्मेदवार बनाएको उनले बताए ।
मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाहरुले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्