Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टी प्रवेश गराएका हुन् ।

सो क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कोइरालालाई पार्टीमा स्वागत गरेका थिए । तीन दशकदेखि चेलीबेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सक्रिय कोइरालाले मुलुकको आर्थिक बृद्धि र समृद्धि कांग्रेसबाट मात्रै सम्भव भएको टिप्पणी गरिन ।

सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस भएको र लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव हुने उनले बताइन् ।