३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित : डा. केसी


0
Shares

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डा. केसीले चिकित्सा शिक्षा अध्यादेश जारी गराएको भन्दै राष्ट्रपतिदेखि प्रधानमन्त्रीलाई समेत धन्यवाद दिए ।

डा. केसीले चिकित्सा शिक्षामा कायम भद्रगोल र अनिमितता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने माग पुरा नभएको भन्दै त्रिवि पदाधिकारीहरुले आईओएमबाट खोसेर लगेर दुरुपयोग गरिरहेको अधिकार फिर्ता नगरेसम्म मेडिकल क्षेत्र सुधार नहुने बताए ।

मेडिकल कलेजहरुका लागि शुल्क तोकेर कडाइका साथ लागू गराउन आग्रह गरे । खाली भवनलाई सम्बन्धन दिने फैसलाले न्यायालयको गरिमा र मर्यादा घटाएको भन्दै डा. केसीले न्यायालयको काम रक्षाकवच ओढेर भ्रष्टचारको संरक्षण र प्रवर्द्धन गर्ने होइन, लोकतान्त्रिक व्यवस्थामा रहेकाले अपहेलनाको त्रास देखाएर मिडियाको समेत मुख थुन्ने र निरंकुशतापूर्वक भ्रष्टाचारमा लिप्त हुने अधिकार न्यायालयसँग पनि नभएको बताए ।