२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


सुनसरीमा ठूलो परिमाणमा हतियार बरामद


0
Shares

बरामद गरिएका सामग्रीमा लामो एअर गन एकथान, एअर पेस्तोल एकथान, दुईथान बुलेट, धारिलो हतियार तरवार तीनथान, फलामको नक एकथान, चक्कु एकथान, प्लास्टिकका खेलौना बन्दुक १६ थान, ७६ थान घडी, एकथान ल्यापटप र विभिन्न कम्पनीका मोबाइल फोन २५ थान छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले सोमबार पत्रकार सम्मेलन गरी चौधरीका घरबाट बरामद गरिएको हतियारसहितका सामग्री सार्वजनिक गरेको हो ।

गत कात्तिक २३ गते राति इटहरी–४ स्थित चौधरीटोलमा ३० वर्षीय सुजन नेपाल र मनोज चौधरीबीच विवाद हुँदा चौधरीले साथी बीसे चौधरीको सहयोगमा सुजनलाई गोली प्रहार गरी फरार भएका थिए ।

चौधरीले प्रहार गरेको गोली सुजनले छलेका थिए । घटना भएको केही समयपश्चात इलाका प्रहरी कार्यालय इटहरीको टोलीले घटनास्थलबाट एकथान गोलीको खोका बरामद गरेको थियो ।

घटनालगत्तै दुवै चौधरी फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सन्जयबहादुर राउतले जानकारी दिए ।

अनुसन्धानमा चौधरी लागुऔषध सेवन र बेचबिखनमा संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ ।

उनीहरु दुवैजना यसअघि पनि विभिन्न कान्डमा पटक–पटक पक्राउ परिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।