
सोमबार जिल्ला प्रहरी कार्यालय भैरहवामा पत्रकार सम्मेलन गरी ज्यान मार्ने उद्योग, लागुऔषध तथा डाँका–चोरीमा संलग्नहरुलाई सार्वजनिक गरिएको हो ।
डाँका–चोरीमा संलग्न रुपन्देही, सियारी गाउँपालिका–२ का सुरेश चौधरी र आकाश चौधरीलाई सार्वजनिक गरिएको छ ।
उनीहरुले एक चिनियाँ नागरिकको साथबाट ल्यापटप र जिल्लाका विभिन्न ठाउँबाट ६ थान मोबाइल चोरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।
उनीहरुले चोरेको सो सामग्रीसमेत उनीहरुको साथबाट बरामद गरिएको जनाइएको छ ।
यस्तै, ज्यान मुद्दामा फरार रोहिणी गाउँपालिका–६ का मोहम्मद युसुब शेख र नुर महमद शेखलाई पक्रेर अदालतमा पेस गरिएको प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।
उनले लागुऔषधको मुद्दामा फरार सिद्धार्थनगर–४ का ३० वर्षीय रोहित पाण्डेलाई पनि पक्राउ गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्