२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


पूर्वमन्त्री तथा एमाले उम्मेदवार राई सवार गाडीमा बम प्रहार


0
Shares

मंगलबार बिहान १० बजे भोजपुर सदरमुकामदेखि टेम्के मैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा टेम्के मैयु गाउँपालिका–६ गुम्वामा राई सवार बा १५ च ५६०८ नम्वरको वनटेन गाडीमा बम प्रहार भएको हो ।

अज्ञात समूहले प्रहार गरेको बमबाट राईको सुरक्षामा खटिएका प्रहरीका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भागमा क्षति भएको राईका स्वकीय सचिव तिलकराम राईले जानकारी गराएका छन् ।

पूर्वमन्त्री राई र अन्य कार्यकर्ता भने सकुशल रहेको बताइएको छ ।

बम कसले प्रहार गरेको हो भन्ने प्रष्ट भइसकेको छैन ।