२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


हँसिया प्रहार गरी श्रीमतीको ‘हत्या’


0
Shares

बोदेवरसाइन नगरपालिका–३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इन्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिए ।

मंगलबार बिहान श्रीमान्–श्रीमती दुवैजना घरदेखि पर धानखेतमा धान काट्न गएका बेला श्रीमान्ले श्रीमतीलाई हँसिया प्रहार गरेको बताइएको छ ।

अभियुक्त जयप्रकाशको मानसिक सन्तुलन कहिले–काहीँ ठीक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

शवको टाउको र जीउ छुट्टिएको अवस्थामा प्रहरीले फेलापारेको स्थानीयवासीले बताएका छन् ।

अभियुक्त जयप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका दुई छोरा र एक छोरी छन् । रासस