
एक भारतीय नागरिकसहित पाँचैजनालाई महानगरीय प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
सुटर राजीव स्याङ्तानले गौचनको हत्या गरेको प्रहरीले जनाएको छ ।
‘गुन्डा’ समिरमानसिंह बस्नेत र मनोज पुनको निर्देशनमा स्याङ्तानले व्यवसायी गौचनमाथि गोली हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गोली हान्न निर्देशन दिने बस्नेत र पुनसहित घटनामा संलग्न अरु ८ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले हत्यामा संलग्न सुटरसहित पाँचजनालाई पक्रन प्रहरी सफल भएको जानकारी दिए ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या गरिएको थियो ।
मोटरसाइकलमा आएकाहरुले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरी हत्या गरेका थिए ।
प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुईओटा मोटरसाइकल बरामद गरेको थियो । जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको खुलेको छ ।
डीआइजी गणेश केसीको संयोजकत्वमा गठित छानबिन समितिले गुन्डा समिरमानसिंहलगायतलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्