मंगलबार चन्द्रेश्वरको च्यानपाटामा भएको चुनावीसभामा नेपाल महिला संघ चन्द्रेश्वरकी अध्यक्ष चन्द्रावती अधिकारी, चन्द्रेश्वर गाउँकार्यसमितिका पूर्वसभापति देवीजंग दुरासहित तीन दर्जन कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।
चुनावीसभामा विमान श्रेष्ठ, जीवन खनियाँ, लेखमाया दुरा, दिलमाया दुरा, शोभा श्रेष्ठ, विमला बास्तोला, तेजमाया गुरुङ, लक्ष्मी केसी, कल्पना सुवेदी, डोलबहादुर विक, हरिबहादुर विकलगायतका कांग्रेस कार्यकर्ताहरुलाई नेकपा एमालेका सचिव एवं प्रदेशसभा ‘ख’का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका कार्यालय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।
चुनावीसभामा बोल्दै नेताद्वय गुरुङले वाम गठबन्धनबाट मुलुकको समृद्धि र विकास सम्भव रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्