
प्रहरीले मंगलबार महेन्द्र पुलिस क्लबमा पत्रकार सम्मेलन गरी पक्राउ परेका एक भारतीय नागरिकसहित पाँचैजनालाई सार्वजनिक गरेको हो ।
पक्राउपर्नेमा मुख्य सुटर नुवाकोटका २१ वर्षीय राजीव स्याङ्ताङ, हतियार र मोटरसाइकलको व्यवस्था गर्ने पर्साका शिवजी महतो, हतियार व्यवस्था गर्ने भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र सहयोगी काठमाडौं, नागार्जुनका प्रकाश बुढाथोकी छन् ।
गौचनले फिरौती रकम नदिएपछि भारतमा रहेका समिरमान सिंह बस्नेत र मनोज पुनको निर्देशनमा स्याङ्ताङले गौचनलाई गोली हानेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गोली हान्न निर्देशन दिने बस्नेत र पुनसहित अरु ८ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
‘लोप्साङ’, ‘बोका’ भनिने गंगा लिङ्देन, नेपाली सेनाका भगौडा सिपाही तथा अर्का सुटर भगौडा सिपाही ‘कालेदाइ’ भनिने अम्बरबहादुर राना, काठमाडौंमा बसेर काम थर्ने मुख्य व्यक्ति रोशन बुढाथोकी र अजय लामा भने फरार रहेका हुन् ।
महतोले भारतबाट पेस्तोल र एउटा मोटरसाइकल किनेर श्याम गुम्बेलाई दिएको प्रहरीले जनाएको छ । घटनामा दुईओटा पेस्तोलबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या गरिएको थियो ।
प्रहरीले यसअघि हत्यामा प्रयोग गरिएको आशंकामा दुईओटा मोटरसाइकल बरामद गरेको थियो । जसमध्ये एउटा चोरीको मोटरसाइकल भएको खुलेको छ ।
डीआइजी गणेश केसीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गरी अभियुक्तहरुलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्