Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


‘बहुदलीय प्रतिस्पर्धा स्वीकारेकैले मदन भण्डारीको हत्या’


0
Shares

मंगलबार रुपन्देहीको बुटवलमा प्रदेश नम्बर–५ को चुनावी प्रचार डेस्क उद्घाटन गर्दै उनले ‘कांग्रेसलाई सिध्याउने रणनीतिका साथ वाम गठबन्धन गरेका एमाले–माओवादी आफैं सिद्धिने’ चेतावनी दिए ।

कार्यक्रममा उनले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जितेपछि रुपन्देहीलाई मुलुककै एक नम्बरको जिल्ला बनाइने भन्दै वामपन्थीको जितले विकास हुन नसक्ने उल्लेख गरे ।

उनले बहुदलीय प्रतिस्पर्धा स्वीकारेकैले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको दाबी गर्दै छानबिन गरी दोषी पत्ता लगाउन माग पनि गरे ।

कार्यक्रममा स्वास्थ्यमन्त्री एवं राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दीपक बोहराले प्रदेशको राजधानी रुपन्देहीमा बनाउने, सुनौली–कोरला जोड्ने बाटो बनाउने र लुम्बिनीलाई विश्व मानचित्रमा स्थापित गर्न लोकतान्त्रिक गठबन्धन गरिएको बताए ।