काठमाडौंको क्षेत्र नम्बर ९ को चुनावी यालीलाई सम्बोधन गर्दै उनले देशको स्थायित्व र परिर्वतनलाई संस्थागत गर्न कांग्रेसको आवश्यकता रहेको बताए । उनले देशको परिवर्तनकारी आन्दोलनमा सहभागिता र योगदानसमेत नरहेका नयाँ दलले ठुला दलकोे बदनाममात्र गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा सो क्षेत्रको ‘क’ कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रमान तुलाधरले आफुले जितेमा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने बताए । निवर्तमान अखिल नेपाल फुटवल संघ (एन्फा)का सिइओसमेत रहेका तुलाधरले भुकम्पबाट क्षतिग्रस्त दशरथ रंगशालाको निमार्ण र युवा लक्षित विकास कार्यक्रमलाई समेत महत्व दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, समानुपातिक उम्मेदवारहरु श्रीमिला सुवाल, समिता खड्गी श्रेष्ठ र नानु बास्कोटालगायतले महिला र युवा विकासका ठोस योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्