Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


उम्मेदवारहरुको एजेन्डा महत्वाकांक्षी, ‘जनताको आँखामा छारो हाल्न खोजेको’ गुनासो


0
Shares

तर मतदाताले भने दलहरुले घोषणापत्रमा राखेका विषय महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् ।

पहिलो चरणअन्तर्गत आगामी मङ्सिर १० हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका उम्मेदवार भोट माग्न व्यस्त छन् ।

मत माग्दा उनीहरुले बिभिन्न आश्वासन समेत बाढ्दै छन् ।

तर, दलका उमेदवारले निर्वाचन जित्नका लागि मतदाता समक्ष गरेका प्रतिबद्धता र तिनका घोषणा पत्रमा उल्लेख गरिएका विषय जनताका आँखामा छारो हाल्ने काम मात्रै भएको मतदाताको गुनासो छ ।

निर्वाचनका बेला कतिपय दलका उमेदवारले आफ्ना घोषणापत्रमा पुरा गर्नै नसकिने महत्वाकांक्षी योजना राखेर जनतालाई आश्वासनको पुलिन्दा बाँड्ने गरेको मतदाताको आरोप छ ।

शिक्षा, स्वास्थ्य, सञ्चार यातायात जस्ता सामान्य अपेक्षा जनताको रहे पनि यो भन्दा ठुला सपना उम्मेदवारले मतदातासँग बाँढ्न थालेका छन् ।

अपेक्षा भन्दा ठूल्ठुला आश्वासन बाँड्ने उमेदवारले निर्वाचन जिते पनि उनीहरुले गरेका प्रतिबद्धता भने पुरा गर्न नसक्ने मतदाताको गुनासो छ ।

अस्थिर राजनीतिका कारण विकासमा पछि परेको गुनासो गरिरहेका भोजपुरे मतदाताले आगामी निर्वाचनपछि राजनीतिक स्थिरताको अपेक्षा गरेका छन् ।

यसपछि विकास र समृद्धिको बाटोमा जिल्लालाई अघि बढाउन सक्ने योग्य उम्मेदवारको खोजी आफूहरुले गरिरहेको मतदाताहरु बताउँछन् ।