२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


चलचित्र ‘झ्यानाकुटी’को फोटो कन्टेस्ट चर्चित


0
Shares

फिल्म युनिटले प्रिती चाउचाउसंगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो ।

कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ ।

त्यहाँ अपलोड गरिएका तस्वीर मध्ये सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाईन्छ ।

’यतिको साथ पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसंगै सहकर्मीले साथ दिंदा निकै खुसी लाग्दो रहेछ’ फिल्म मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन ‘फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ , ढुक्क हुनुस ।’

फिल्ममा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन् ।

प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल , सुमी मोक्तान , एस्टल गुरुङ लगायतको अभिनय रहेको छ ।

फिल्मले सेन्सरबाट पिजी सर्टि्फिकेट पाएको छ । ’फिल्मलाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन’ निर्देशक सिमोश भन्छन ’फिल्म गरेपछि आफ्नै गाउँघरको कथा फिल गर्नु हुनेछ ।’

फिल्मको ट्रेलरले सकारात्मक प्रसंसा बटुलिरहेको छ ।