Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘वामपन्थीको सरकारबाट राष्ट्रियताको रक्षा र देशको विकास सम्भव’


0
Shares

नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज भरतपुरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दे उनले कम्युनिष्टले मात्र सम्पूर्ण शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा र प्रवद्र्धन गर्ने तथा वामपन्थीको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको विकास सम्भव भएको जिकिर गरे ।

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले नेपालको परिवर्तनकारी आन्दोलनमा दराई समुदायको र विशिष्ट भूमिका रहेको बताउँदै अब सबै उत्पीडित समुदायको सपना साकार हुने दिन छिट्टै आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा समानुपातिक उम्मेदवार मंगलराम दराई, पूर्वसभासद् सन्तुराम दराईलगायत अगुवाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आह्वान गरे ।