Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


काठमाडौं क्षेत्र नम्बर २ मा कांग्रेसको अगुवा कार्यकर्ता भेलामा यस्तो निर्णय


0
Shares

यसैक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले चुनाव लक्षित अगुवा कार्यकर्ता भेला गरेको छ । भेलाले चुनाव परिचालनका लागि प्रत्येक वडामा निर्वाचन समिति बनाउने निर्णय गरेको छ ।

भेलामा काठमाडौं क्षेत्र नम्बर–२ कांग्रेस उम्मेदवार दिपक कुईकेलले आफ्नो क्षेत्रको विकासका लागि सधै क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।

संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्ने जिम्मेवारी कांग्रेसको भएको भन्दै निर्वाचनमा लोकतन्त्रको जित हुने बताए ।

सोही प्रदेश ‘क’ का उम्मेद्वार लोकेश ढकालले क्षेत्र नम्बर–२ लाई सुविधासम्पन्न र व्यवस्थित शहरका रुपमा विकास गर्ने परिकल्पना रहेको बताए ।

उनले खानेपानी र सडकलाई व्यवस्थित गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

अरु वक्ताले मुलुकलाई अतिवादको धारमा जान नदिन पनि कांग्रेस उम्मेदवारको विजय जरुरी रहेको बताए ।