
पक्राउपर्नेमा कैलाली, टीकापुर नगरपालिका–१ का विश्राज तिवारी र कालिकोट, तिलकनगर–९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए ।
प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित सिसमहल होटलबाट ९ किलो चार सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार १०० सय थान हात्तीको पुच्छरजस्तो देखिने वस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ ।
चाँदी राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छरजस्तो देखिने वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्