
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले पाण्डेलाई बुधबार बिहान राजधानीको चाबहिलबाट पक्राउ गरेको हो ।
अख्तियारको विशेष टोलीले अघिल्लो दिन (मंगलबार) विभागका शाखा अधिकृत कृतिबल्लभ पौडेल र नायव सुब्बा खड्क केसीलाई १० लाख रुपैयाँ घुससहित पक्रेको थियो ।
उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि संलग्नता देखिएकाले पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
महानिर्र्देशक पाण्डेसँग सोधपुछ भइरहेको र दोषी देखिए मुद्दाका लागि अदालत लैजाने आयोगका सचिव राजन खनालले जानकारी दिए ।
मंगलबार राति ८ बजेतिर नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट पौडल र केसी समातिएका थिए ।
उक्त समयदेखि नै अख्तियारको अनुसन्धानको घेरामा परेका महानिर्देशक पाण्डे मोबाइल ‘अफ’ गरेर बसेको र अनुसन्धानकाक्रममा आयोगबाट खटिएका प्रहरीले चाबहिल, मित्रपार्कमा रहेको अम्बे अपार्टमेन्टबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
वैदेशिक रोजगार न्यायाधिकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
कालोसूचीमा परेको मेनपावर कम्पनीलाई सूचीबाट हटाउन पैसा मागेको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्