Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


वर्तमान सरकार देशद्रोही, अपराधी, भ्रष्टाचारी र कमिसनखोरी : ओली


0
Shares

बुधबार लमजुङ सदरमुकाम बेसीसहरमा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले पूराना सम्झौता र योजनाहरु खारेज गर्दै देशद्रोही काम गरेको आरोप लगाए ।

बूढीगन्डकी जलविद्युत् आयोजनाको सम्झौता खारेज गरेकोमा आपत्ति जनाउँदै ओलीले कमिसन नपाएपछि सम्झौता तोडेको जिकिर पनि ओलीको थियो ।

‘यतिबेला एक महिनाको सरकारलाई लाइसेन्स खारेज गर्ने अधिकार कहाँबाट आयो ?’ ओलीको प्रश्न थियो ।

नेपाली कांग्रेसप्रति खरो आलोचनामा उत्रिएका ओलीले कांग्रेस कार्यकर्ताले सोचेजस्तो, खोजेजस्तो, बुझेजस्तो अहिलेको कांग्रेस नभएको जिकिर गरे ।

‘अहिलेको नेपाली कांग्रेस बीपी र गणेशमानको नभइ लुटतन्त्रको पृष्ठपोषक हो’–उनले भने ।

सभामा एमाले सचिव एवं लमजुङ प्रदेशसभा ‘ख’का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ, एमाले जिल्ला अध्यक्ष एवं प्रदेशसभा ‘क’का उम्मेदवार धनन्ञ्जय दवाडी, लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङलगायतले बोलेका थिए ।