२१ श्रावण २०८२, बुधबार | Thu Aug 7 2025


धनगढीबाट पेस्तोलसहित एक युवक पक्राउ


0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय निर्वाचन सुरक्षा गोष्ठीमा सहभागी हुन धनगढी रहेका बेला प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बोरिङ नजिकबाट धनगढी ८ बस्ने २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको थापाले बताए ।

चुनावमा उम्मेदवारलाई लक्षित गर्दै आक्रमण भइरहेको बेला सुरक्षा सतर्कता बढाइएको छ ।