Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कांग्रेसले बहुमत ल्याउँछ, चुनावपछि आफैं प्रधानमन्त्री बन्छु : प्रधानमन्त्री देउवा


0
Shares

ज्योतिषले आफूलाई सातपटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको भन्दै उनले अझै तीनपटक प्रधानमन्त्री हुने जिकिर गरे ।

बिहीबार कैलालीमा पत्रकारहरुसँग उनले आसन्न चुनावमा कांग्रेसको बहुमत आउने र आफैं प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

मुलुकमा अशान्ति फैलाउन वाम गठबन्धन गरिएको आक्षेप लगाउँदै उनले चुनावमा उनीहरुलाई हराइने दृढता व्यक्त गरे ।

बहुउद्देश्यीय पञ्चेश्वर र पश्चिम सेती परियोजनाको काम सुरु भइसकेको बताउँदै प्रधानमन्त्री देउवाले धनगढीसँग जोडिएको गौरिफन्टा नाकाको काम चाँडै अगाडि बढ्ने बताए ।

सुदूरपश्चिममा २२ ओटा पुललगायत थुप्रै सडक पिच गर्ने काम आफ्नै पालामा भएको दाबी पनि उनले गरे ।

प्रधानमन्त्री देउवाले भएरहित वातावरणमा चुनावमा भाग लिइ आफ्नो पार्टीलाई पूर्णबहुमत दिन आग्रहसमेत गरे ।

देउवाले कैलालीको लम्कीमा पनि चुनावीसभालाई सम्बोधन गरेका थिए ।