
काठमाडौं, पुस १४ । मदिरा व्यवसायीहरुले व्यवस्थित तरिकाले मदिरा बिक्री गर्न पाउनुपर्ने माग गरेका छन् ।
मदिरा व्यवसायी संघ ललितपुरले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी व्यवसायीहरुले मदिरासम्बन्धी व्यवस्थित कानुनको अभाव हुँदा आफूहरु मारमा परेको गुनासो गरेका हुन् ।
राज्यको झन्डै ४० प्रतिशत करको हिस्सा मदिराको क्षेत्रले ओगटेको बताउँदै उनीहरुले व्यवस्थित ढंगले मदिराको बिक्री–वितरण गर्न दिनुपर्ने माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्